नियम १०
सैनिक अदालत गठनका लागि सिफारिस गर्ने
(१) कुनै अभियुक्त उपर यस नियमावली बमोजिम मुद्दा चलाउने निर्णय भएमा त्यस्तो निर्णय भएको मितिले सात दिनभित्र प्राड विवाकको कार्यालयले सैनिक अदालत गठनको लागि प्रधान सेनापति समक्ष सिफारिस गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम सिफारिस गर्दा आरोपित व्यक्ति विरुद्ध दायर हुने अभियोगपत्र समेत संलग्न गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम सिफारिस गर्दा आरोपित व्यक्ति विरुद्ध दायर हुने अभियोगपत्र समेत संलग्न गर्नु पर्नेछ ।